Skip to content
LAXMI SUNRISE BANK

युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा, मंसिर ११ गतेसम्म कायम रहने सेयरधनीले लाभांश हात पार्न सक्ने

अर्थ सरोकार

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित १५८० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको असोज २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले १२१५ रुपैयाँ प्रतिकित्ताका दरले लाभांश बाँडेको थियो ।

त्यसैगरी, मङ्सिर १२ गतेदेखि २६ गते सम्म बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, मंसिर ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK