Skip to content
LAXMI SUNRISE BANK

भन्सार छलीका सामान बरामद, थप अनुसन्धान हुने

अर्थ सरोकार

काठमाडौँ । भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । बरामद भएको उक्त सामान जिल्ला मातहत प्रहरी चौकी खैरापुर ‘क’ बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला बर्दिया गुलरिया नगरपालिका ०१ शंकरबस्ती स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो ।

उक्त प्रहरी कार्यालयको अनुसार बरामद गरेको सामानको मुल्य अन्दाजी ४५ हजार ९ सय २० रुपैयाँ बराबरका सुर्तिजन्य पदार्थ र किराना सामाग्री २०८० असोज१७ गते राती सो कार्यालयबाट खटिएको प्रहरीले बरामद गरेको हो । जिल्ला बर्दिया गुलरिया नगरपालिका ०६ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी मुल्य ६ हजार ५ सय रुपैयाँ बराबरको  सुर्तिजन्य पदार्थ र सो कार्य गर्न प्रयोगमा ल्याईएको साईकल थान १ सहित गरी जम्मा अन्दाजी मुल्य ५२ हजार ४ सय २०रुपैयाँ बराबरका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना प्रविधि शाखाले जानकारी दिएको छ ।

साथै, भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा रहेको सामनको आवश्यक थप अनुसन्धानका लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सूचना प्रविधि शाखाले जनाएको छ ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK