काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेलको सानो गोलभेडा ५८, भारतीय सानो गोलभेडा ५० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ४८, सेतो आलु ४५, भारतीय सुकेको प्याज ७२, लोकल गाजर ११०, लोकल बन्दा ४०, स्थानीय काउली ८०, लोकल सेतो मुला ५०, भन्टा लाम्चो २५, भन्टा डल्लो ५०, तने बोडी ६०, मकै बोडी ८०, मटरकोशा ३००, लोकल घ्यु सिमी ८०, टाटे सिमी ५०, भटमासकोशा ९०, तितो करेला ६०, लौका ३०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ६० रुपैयाँ, पाकेको फर्सी ४५, हरियो फर्सी ३०, भिन्डी ४०, बरेला १००, स्कुस १० रुपैयाँ रहेको छ । साथै, रायो साग ४०, तोरीको साग ३०, हरियो प्याज ८०, कन्य च्याउ १४०, डल्ले च्याउ ३३०, कुरिलो ४५०, न्युरो ८०, ब्रोकाउली २८०, चुकुंदर ७०, जिरीको साग ६० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २२०, अनार ४००, कालो अंगुर ४००, सुन्तला १५०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार ३२०, भुई कटहर १८०, लोकल काक्रो ९०, निबुवा ४०, चाइनिज नासपाती ३००, भारतीय मेवा ११०, अम्बा १२०, लप्सी ५०, किवी ३००, शरिफा १५०, अभोकाडो २००, अमला ६० रुपैयाँ निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्