×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो वार्षिकोत्सव अफर, पुराना ग्राहकहरुका लागि नि:शुल्क इन्टरनेट अपग्रेड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भायानेटले ल्यायो वार्षिकोत्सव अफर, पुराना ग्राहकहरुका लागि नि:शुल्क इन्टरनेट अपग्रेड

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भायानेटले वार्षिकोत्सव अफर ल्याएको छ । उक्त कम्पनीले आफ्ना पुराना ग्राहकहरुका लागि नि:शुल्क इन्टरनेट अपग्रेड अफर ल्याएको हो ।

भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । सो अफरमा ग्राहकहरूले १ सय २५ एम्बिपिएस इन्टरनेटको तीन महिना सदस्यतामा २४ सय २४ भ्याट बाहेक पर्नेछ जसमा सो प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा उल्लेखनीय छुट पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, भायानेटको चाडपर्व अफरअन्तर्गत सबै तीन महिना वा सो भन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५ सय ५ सम्म छुट पाउने कम्पनीले जनाएको छ । साथै, आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको छ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु जसको २ सय एम्बिपिएस इन्टरनेट छ उनीहरुको २ सय ५० एम्बिपिएस अपग्रेड भएको भायानेटले जानकारी दिएको छ ।

उक्त कम्पनीले ३ सय एम्बिपिएस इन्टरनेट भएका ग्राहकहरुले नि:शुल्क ४ सयएम्बिपिएस पाएका छन् भने अन्य ग्राहकहरुको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको भायानेटले जनाएको छ ।

भायानेट कम्युनिकेसन नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकहरूका लागि भरपर्दो तथा किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागि परेको हो ।

सो कम्पनीले भविष्यमा व्यक्तिगत तथा व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीले २४ अविश्वसनीय वर्षहरू मनाउँदै गर्दा कम्पनीका कर्मचारीहरू, वफादार ग्राहकहरू तथा सबै सरोकारवालाहरूलाई सो यात्रालाई उल्लेखनीय बनाउने सहयोगी हातहरुलाई हृदयदेखि धन्यवाद दिएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी