×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो आफ्ना ग्राहकहरूका लागि नयाँ इन्टरनेट अफर, लोक प्रिय ब्राण्ड अल्टिमा र हिमस्टारसँग साझेदारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भायानेटले ल्यायो आफ्ना ग्राहकहरूका लागि नयाँ इन्टरनेट अफर, लोक प्रिय ब्राण्ड अल्टिमा र हिमस्टारसँग साझेदारी

Artha Sarokar

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भायानेटले आफ्ना ग्राहकहरूकालागि नयाँ इन्टरनेट अफर ल्याएको छ । उक्त कम्पनीले दशैं र तिहारको अवसरमा १ सय २५ एमबिपियसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४ रुपैयाँमा उपलब्ध गराएको हो ।

नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं र तिहारको पावन अवसरमा आफ्ना ग्राहकहरूकालागि अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० % सम्मको छुटसमेत उपलब्ध गराउने भएको छ।

उक्त कम्पनीका अनुसार भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले प्रति वर्ष भ्याट बाहेकको ८ हजार ४ सय रुपैयाँमा १ सय २५ एमबिपियस इन्टरनेटको अफर प्राप्त गर्न सक्नेछन् । साथै, भायानेटले उक्त अभियान अवधिभर दुई सय एमबीपीएस र तीन सय एमबीपीएस प्याकेजकालागि छुट ल्याएको कम्पनीले जानकारी दिएको छ ।

सो अफरलाई गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउनकालागि लोक प्रिय ब्राण्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। साथै, वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने भायानेटका ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५ सय ५ सम्म छुटकालागि योग्य हुनेछन्।

त्यस्तै, छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन्। साथै, चाडपर्वको अवधिमा उक्त वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र दशैंको समयमा वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढ्ने कम्पनीले जानकारी दिएको छ ।

सो कम्पनीले अल्टिमा वायरलेस इयरबड्स भ्याटसहितको मूल्य १२ सय २५ रुपैयाँ, हिमस्टार ४३ इन्च स्मार्ट टिभीको मूल्य २७ हजार ५ सय रुपैयाँ, ५५ इन्च स्मार्ट टिभीको मूल्य ५४ हजार रुपैयाँ, रेफ्रिजरेटरको मूल्य १७ हजार ५ सय १० रुपैयाँ, वाशिङ मेसिनको मूल्य ४१ हजार २ सय सम्ममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त अफरहरु मङ्सिर ९ गतेसम्म मान्य रहने कम्पनीले बताएको छ । साथै, सो अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्न उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी