×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजन लुम्बिनीले २० लाख ७५ हजार २ सय ८५ कत्ता आइपीओ निष्काशन गर्ने, कहिलेबाट दिन पाइन्छ आवेदन ?

PRIME CA

भिजन लुम्बिनीले २० लाख ७५ हजार २ सय ८५ कत्ता आइपीओ निष्काशन गर्ने, कहिलेबाट दिन पाइन्छ आवेदन ?

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन तथा बाँडफाँड गरिसकेको छ । अव दोश्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९ सय १० कित्ता सेयर समेत थप गरी कुल २० लाख ७५ हजार २ सय ८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो सेयरमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ । त्यस्तै, उक्त अवधिमा सम्पूर्ण सेयरमा आवेदन नपरे मङ्सिर १ गतेसम्म आवेदन दिन सकिने जनाईएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: