×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यानडाले चिनियाँ एप ‘विच्याट’ प्रयोगमा प्रतिबन्ध लगायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्यानडाले चिनियाँ एप ‘विच्याट’ प्रयोगमा प्रतिबन्ध लगायो

Artha Sarokar

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्यानडाले चिनियाँ एप विच्याट प्रयोगमा प्रतिबन्ध लगाएको छ । विच्याटको प्रयोग सुरक्षित नभएको र प्रयोगकर्ताको गोपनियतामा गम्भीर असर गर्न सक्ने भन्दै क्यानडाले सरकारी उपकरणहरुमा विच्याट एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

प्रयोगकर्तामाथि विच्याट एपले जासुसी गर्न सक्ने भन्दै पछिल्लो समय पश्चिमा मुलुकहरुले विच्याटको प्रयोग गर्न छोडेका छन् । यसो त अमेरिका, क्यानडा लगायतका देशहरुले यसअघि नै टिकटममाथि प्रतिबन्ध लगाइसकेका छन् ।

‘एभ्रिथिंग एप’ पनि भनिने विच्याटमा ह्वाट्सएप, फेसबुक, अमेज र टिन्डरजस्ता सबै सुविधा उपलब्ध छन् ।

खासगरी चीनमा अत्याधिक प्रयोग हुने यो एप दक्षिणपूर्व एसिया र चिनियाँ डायस्पोरा समुदायमा लोकप्रिय छ । विच्याट संसारमा सबैभन्दा धेरै प्रयोग हुने एपहरुमध्ये एक हो । तर, पछिल्लो समय विच्याटको विश्वसनियतामाथि प्रश्न गर्दै विभिन्न देशहरुले यो एपमा प्रतिबन्ध लगाउँदै आएका छन् । क्यानडाले विच्याटमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वय हुने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी