Skip to content
LAXMI SUNRISE BANK

वल्र्डलिंकले ल्यायो आफ्ना ग्राहकहरुका लागि नयाँ अफर, विशेष छुटको व्यवस्था

अर्थ सरोकार

काठमाडौं । वल्र्ड लिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । उक्त कम्पनीका ग्राहकहरुले सामसङ ब्राण्ड विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङले वल्र्डलिंकसँग सहकार्य गर्दै आउँदै गरेको  चाडपर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत वल्र्ड लिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजार सम्मको छुट प्रदान गर्नेछन् जसमा ग्राहकहरुले आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा सबैभन्दा धेरै अर्थात १५ हजार ५ सय रुपैयाँको छुट रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, ८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वल्र्डलिंकका ग्राहकहरुले ७५ हजार ५ सय रुपैयाँमै प्राप्त गर्न सक्नेछन् । साथै, ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात ८३ हजार ५०० रुपैयाँमा पाउन सक्नेछन् जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ ।

त्यस्तै, ६६ हजार ५ सय रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट, ३७ हजार ८ सय बजार मूल्य रहेको २ सय ३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा ६ हजार ३ सय रुपैयाँ छुटको व्यवस्थासमेत रहेकोे छ । साथै, मोबाइल तर्फ ३१ हजार ९ सय ९९ रुपैयाँको आठ जीबी र्याछम तथा १सय २८ जीबी स्टोरेज भएको सामसङ ए २४ एलटीई स्मार्ट फोन तीन हजार ९ सय ९९ रुपैयाँ छुट पश्चात् २८ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, छुट सुविधा प्राप्त गर्नका लागि वल्र्डलिंकका काउन्टरमा गएर अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गरेपछि वल्र्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सक्नेछन् । उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने कम्पनीले जनाइएको छ ।

सो कम्पनीले यस अघि पनि २६ सेप्टेम्बरमा खल्ति द्धारा वल्र्डलिंकका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK