×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्यवृद्धि रोक्न बंगलादेशले विदेशबाट आलु आयात गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मूल्यवृद्धि रोक्न बंगलादेशले विदेशबाट आलु आयात गर्ने

Artha Sarokar

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बंगलादेशले आलुको मुल्यवृद्धि रोक्न विदेशबाट आलु आयात गर्ने भएको छ । पछिल्लो समय स्थानीय बजारमा आलुको भाउ आकाशिन थालेपछि बंगलादेशले विदेशबाट आलु आयात गरेर मूल्य वृद्धि नियन्त्रण गर्ने निर्णय गरेको हो ।

विदेशबाट आलु आयात गर्नका लागि बंगलादेश सरकारले अनुमतिसमेत दिइसकेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

‘विदेशबाट आलु आयात गर्ने निर्णय स्थानीय बजारमा आलुको अत्याधिक माग र मूल्य वृद्धिलाई शान्त पार्न सरकारको प्रयासको एक हिस्सा हो ।’– बंगलादेशको वाणिज्य मन्त्रालयद्धारा जारी विज्ञप्ती उल्लेख छ ।

त्यस्तै, बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिनसमेत मन्त्रालयले व्यवसायीहरुलाई आग्रह गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी