काठमाडौँ । सोल्टी होटल काठमाडौँमा डिसेम्बर २ मा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रुपमा विगत चार दशक बर्ष देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले संचालन गर्दै आएको च्यारीटेबल सेलिब्रेसन हो ।
टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन अमेरीकि राजदुतकी श्रीमती जेन क्रिल थोम्पसनले विहान १० बजे गर्ने भएकी छिन् । उनी एवनकी अनररी प्रेसिडेन्टसमेत हुन् ।
यस्तै, विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानिय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन् । बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोनसमेत रहने छ । विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिईने एवन बजारबाट संकलित रकमसमेत एवनका च्यारीटेबल कार्यहरुमा खर्चिंने गरेका छन् ।
अमेरिकन एम्बेसीमा ७५ बर्ष अगाडि कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सिमिन नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।
त्यस्तै, एवनले आफ्ना सहयोगी हातहरु निरन्तर अगाडि बढाउँदै आएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, ‘देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ । हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवले सक्रियता पूर्वक राहात समाग्रि संकलन तथा वितरणका लागि काम गरिरहेका छौँ । हामीले सयौं छात्रबृत्ती, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, बृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौँ ।’
यस्तै, एवन बजारमा जाजरकोट भूकम्प पिडितको राहात संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लब संगको सहयकार्यमा राहात संकलन गर्ने ठाउँसमेत छुट्याएको छ । जाजरकोटका भूकम्प पिडितलाई राहात समाग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री राहात स्वरुप लिएर आईदिनसमेत एवनले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्