काठमाडौँ । कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा सम्पन्न गरेको हो ।
उक्त बीमा अभिकर्ताको तालिमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव दाहालू, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।
सो तालिम मिति २०८० कार्तिक २० देखि २२गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि उक्त तालिम भएको हो ।
त्यस्तै, तालिममा तनहुँलगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुकोबीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
सो तालिमबाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले नर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्