काठमाडौं । अल्फा क्यापिटल लिमिटेडको साधारणसभा हुने भएको छ । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा मङ्सिर १२ गते मंगलबार द एभरेस्ट होटल, बानेश्वर काठमाडौंमा हुने भएको छ ।
सभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहितको लेखा परिक्षण गरिएको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने जनाएको छ ।
त्यसैगरी, लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोकिने भएको छ । सभामा आगामी कार्यकालका लागि संचालकहरुको निर्वाचनको आधारमा संचालक समिति गठन गर्ने र कम्पनी सचिव नियुक्ति सम्बन्धि प्रस्ताव पेश गरिने भएको छ ।
क्यापिटलले विशेष प्रस्तावको रुपमा समान उद्देश्य भएका अन्य कम्पनी गाभ्ने र कम्पनीको पुँजी वृद्धि गर्ने विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव समेत पेश गर्ने भएको छ ।