×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरुका लागि जागिर खुलाएको हो ।

एक सूचना जारी गर्दै सेनाले सैन्य पदमा ३ हजार र सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४ सय १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाले जारी गरेको सूचनाअनुसार देशभरका विभिन्न ब्यारेकहरुमा पदपूर्ती गर्नका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका इच्छुकहरुले पुस ७ गतेसम्म सेनाको जागिरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि नेपाली सेनाको आधिकारीक वेबसाइटबाट अनलाइन दरखास्त फारम दर्ता गरी ‘हार्डकपी’ तोकिएको भर्ना केन्द्रमा बुझाउनुपर्नेछ वा आवेदकले तोकिएको भर्ना केन्द्रमा उपस्थित भएर फाराम भर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी