×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको ८७ हजार १४ कित्ता संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आशा लघुवित्तको ८७ हजार १४ कित्ता संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले मङ्सिर ११ गतेदेखि ८७ हजार १४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तका केहि संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका हुन् । उक्त सेयरमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने तोकिएको छैन ।

सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी