काठमाडौँ । एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग गरेको छ । कम्पनीले जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा भुकम्पबाट मानवीय तथा भौतिक क्षति भएका समुदायलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
यस्तै, विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपाल कृष्णनले मंसिर १२ गते प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।
जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गत कार्तिक १७ मा गएको ५.७ म्याग्निट्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । कम्पनीले दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग एकबद्धता प्रकट गरेको छ ।