×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर चागाथली बस्ने ४६ वर्षीय राम कुमार जैरु दमाई पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको मिति २०७९/११/१२ गतेको फैसलाले एक दिन कैद र बिगो ३ लाख जरिवाना तोकी फरार रहेका दमाईलाई प्रहरीले कार्तिक १९ गते पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई चागाथलीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दमाईलाई आवश्यक कारवाहीका लागि जिल्ला आदलत पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी