Skip to content
LAXMI SUNRISE BANK

तिहारको पहिलो दिन झ्याप-झ्याप गईरहेको छ बत्ती, प्राधिकरण भन्छ- ‘कहीँ, कतै प्राविधिक समस्या’ 

अर्थ सरोकार

काठमाडौँ । २५ कात्तिक शनिबार (आज) अर्थात तिहारको पहिलो दिन, काग तिहार । यसै पनि तिहारलाई बत्तीको पर्व भनिन्छ । तिहारमा झिलिमिली बत्ती बालेर घर उज्यालो बनाए भगवान् लक्ष्मीको बास हुने तथा सुखशान्ति मिल्ने विश्वास छ । र यही विश्वासका कारण तिहारभर घर, आँगन, गाउँ तथा शहर झिलिमिली बनाउने चलन रहँदै आएको छ । 

तर, तिहारको पहिलो दिन नै काठमाडौँसहितका अधिकांश शहरहरुमा बत्ती झ्याप–झ्याप जाने समस्या देखिएको छ । यसै पनि तिहारको समयमा अन्य समयको भन्दा बढी विद्युत खपत हुने भन्दै प्राधिकरणले तिहार अघि नै तयारी गरेको र यसवर्ष तिहारमा लोडसेडिङको समस्या नहुने दाबी गरेको थियो । 

तर, तिहारको पहिलो दिन नै बत्ती झ्याप–झ्याप गएपछि तिहार अँध्यारो हुन्छ कि भन्नेमा नागरिकहरु चिन्तित छन् । 

यता प्राधिकरणले भने अझै पनि तिहारमा पुग्नेजति विद्युत क्षमता भएको दाबी गर्दै आएको छ । तर, शनिबार बिहानैदेखि झ्याप–झ्याप बत्ती गइरहनुमा भने प्राविधिक समस्या हुनसक्ने प्राधिकरणको भनाई छ । झ्याप–झ्याप बत्ती गइरहेको गुनासो आएपछि त्यसको समाधानका लागि टोली परिचालन गरिसकेको प्राधिकरणले बताएको छ । तर, अहिले पनि काठमाडौँको कोटेश्वर, बानेश्वर, न्युरोड लगायतका ठाउँमा बत्ती झ्याप–झ्याप गइरहेको छ ।

यसरी अघोषित रुपमा बत्ती झ्याप–झ्याप जाँदा विद्युतीय उपकरणमा क्षती हुने त्रासमा नागरिक छन् । अझ तिहारको समयमा विद्युत्को खपत बढी हुने तथा झिलिमिली बत्तीको प्रयोग बढी हुने हुँदा झ्याप–झ्याप बत्ती गए विद्युत सर्टको जोखिम पनि त्यत्तिकै रहन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK