×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा.भोजराज अधिकारीको ‘जनतासँग अस्पताल’ अभियान जारी, ५ सय २१ जना लाभान्वित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डा.भोजराज अधिकारीको ‘जनतासँग अस्पताल’ अभियान जारी, ५ सय २१ जना लाभान्वित

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चितवन संसदको गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा. भोजराज अधिकारीको एउटा नारा थियो ‘जनतासँग अस्पताल’ । डा.अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ सो नारा तय गरेका थिए । बिडम्वना डा.अधिकारीले गत निर्वाचनको क्रममा जित भने हासिल गर्न सकेनन् तर उनी निर्वाचनको क्रममा भन्दै हिडेको नाराले भने यतिबेला सार्थकता पाएको छ ।

डा. अधिकारी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै निर्वाचन क्षेत्रमा जान सुरु गरेका छन् । उनले आफ्नो निर्वाचन मात्रै होईन समग्र चितवनमा नै अभियान सुरु गर्ने क्रमलाई तीव्र पारेका छन् । शनिबार नै चितवनको विकट पहाडी क्षेत्रमा पर्ने इच्छाकामना वडा नं ७ भालुमारामा बृहत स्वास्थ शिविरमा ५ सय २१ जना स्थानियवासी लाभान्वित भएका थिए । अभियानको क्रममा यसअघि माडीको हनुमान झुलामा बृहत एकीकृत स्वास्थ शिविर सम्पन्न गर्दा झण्डै ५ सय १४ जना लाभान्वित भएका थिए ।

सो अवसरमा ९ विद्याका चिकित्सकहरु र स्वास्थ्यकर्मीले विरामीको जाँच गरेका थिए । ‘जनतासँग अस्पताल’ अभियानका अभियान्ता डा. भोजराज अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिएको जानकारी दिए ।

डा.अधिकारी केही महिना अगाडिदेखि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै ग्रामीण क्षेत्रमा जान सुरु गरेको यो दोश्रो अभियान हो । उनले इच्छाकामनाको वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम,सुगर,प्रेसर आदिका विरामी बढि भएको बताए ।

नेकपा माओवादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए । त्यस्तै ,स्थानीयले यस्ता स्वास्थ्य शिविर सरकारी तहबाटै नियमित गर्न अनुरोध समेत गरेका छन् ।

स्वास्थ्य जाँच गरी औषधी आवश्यक पर्ने बिरामीको लागि ३ महिनाको औषधी नि:शुल्क वितरण गरिएको थियो । सबै बिरामीको रगत र पिसाब तत्कालै परीक्षण गरिएको शिविरमा आवश्यक बिरामीको भिडियो एक्स रे समेत गरिएको बताएका थिए । पाठेघरको मुख क्यान्सर सम्बन्धी परिक्षण ४८ जना, १२ जनामा क्यान्सर पोजेटिभ र उच्च रक्तचापका ७५ जना देखिएको छ । १४ जनाको थप उपचारका लागि रिफर समेत गरिएको नेकपा माओवादी चितवनका नेता एवंम् जिल्ला सचिव द्रोण शिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा नेकपा माओवादी चितवनका नेता एवंम जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जनतासँग गरेका वाचा पूरा गर्न हरेक क्षेत्रले फिल्ड मै खटिएर काम गरिरहेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी