काठमाडौँ । नेपाल सरकारले साउदी अरेबियाको एक कम्पनीलाई कालोसूचीमा राखेको छ । नेपाली कामदारलाई लगेर काम नदिई राखेको भन्दै सरकारले ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट’ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी करिब २५ जना नेपालीलाई लगेको वैदेशिक रोजगार विभागले जनाएको छ । तर, उनीहरुलाई कुनै पनि तलब सुविधा नदिई लामो समयसम्म एउटै कोठामा राखेको पाइएको विभागले जनाएको छ । काम दिने भन्दै नेपाली कामदार लगेर काम नदिई बेतलबी राखेपछि विभागले सो कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभागका अनुसार सो कम्पनीले दैलेख ओभरसिज प्रालिबाट कामदार लगेको थियो । हाल विभागले उक्त म्यानपावरको इजाजतसमेत निलम्बनमा राखेको छ ।
साउदी गएका कामदारहरुले आएको दुई महिना भन्दा धेरै भएको र हालसम्म काम नपाएको तथा तलबबिना एउटै कोठामा बस्नुपरेको गुनासो गरेका थिए । उनीहरुले यसरी बस्न नसकिने भन्दै आफूहरुलाई स्वदेश फर्काउन पनि माग गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्