काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनी २२ लाख ८५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीको नाफासँगै खुद ब्याज आम्दानी पनि १४६.४६ प्रतिशतले बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानी २० लाख ८ हजार रुपैयाँबाट बढेर ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । हाल लघुवित्तको चुक्ता पुँजी ३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
यता, असोजसम्ममा कम्पनी ६० लाख ३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । बीपीडब्लुको प्रतिसेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्