काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुर्नस्थापनाको सन्दर्भमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निर्देशनमा आइतबार बिहानै सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुर्नस्थापनाको विषयमा खास निर्णय गर्नेछ ।
साथै, शुक्रबार राती जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति शोक व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गर्ने तयारीसमेत भएको बुझिएको छ ।
शुक्रबार राती गएको भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । जसमध्ये जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ५२ जना रहेका छन् ।