काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।
परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरुको छाता संस्था हो । सम्मेलन कार्तिक २० र २१ गते २ दिन चल्ने जनाईएको छ । सम्मेलनको मुख्य थिम ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर’ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना हुने सम्मेलनको सोमबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले होटल हायातमा समुदघाटन सहित संवोधन गर्नेछन् ।
विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल संस्थाको यसअघि २६औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो ।
समुद्घाटन कार्यक्रमलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताको रुपमा संवोधन गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, महासघका पूर्व अध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम र महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संवोधन गर्नेछन् ।
परिसंघले एशिया प्यासिफिक क्षेत्रका देशहरुमा उद्योग, व्यवसाय, लगानी प्रविधिको विस्तार मार्फत यस क्षेत्रका जनताको जीवनस्तर सुधार र आपसी लाभका क्षेत्रमा काम गरिरहेको छ । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहने छ ।
सम्मेलनबाट नेपालमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका देशहरुबीच आपसी सहकार्यका माध्यमबाट दीगो विकास, उद्यमशीलता, व्यापार प्रवर्द्धनमा मुख्य जोड दिइने छ ।
सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विर्मश गर्नेछन् ।
नेपाल र एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुबीच बलियो सम्बन्ध विस्तारमा यो सम्मेलन कोशेढुुंगा हुने विश्वास महासंघको छ । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य रही आएको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कार्तिक २१ गते समापन गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्