×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यासीका प्रतिनिधिलाई बीसीसीआईमा संघका अध्यक्षले गरे स्वागत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

क्यासीका प्रतिनिधिलाई बीसीसीआईमा संघका अध्यक्षले गरे स्वागत

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्यासीका प्रतिनिधिलाई बीसीसीआईमा संघका अध्यक्षले स्वागत गरेका छन् । एसिया-प्रशान्त चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री परिसंघ (क्यासी) को टोलीलाई बुधबार भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) मा संघका अध्यक्षले स्वागत गरेका छन् ।

क्यासीका अध्यक्ष पिटर म्याकमुलिनको नेतृत्वमा आएको टोलीलाई एक कार्यक्रमकाबीच संघका अध्यक्ष शिवप्रसाद मानन्धरले खादा लगाइदिएर स्वागत गरका हुन् । अध्यक्ष मानन्धरले संघका पदाधिकारीहरु र क्यासी टोलीका प्रतिनिधिहरुबीचको भेट तथा छलफल एकदमै महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।उक्त, भेटले संघ र क्यासीबीच घनिष्ट सम्बन्ध कायम गर्न मद्दत पुग्ने भन्दै उनले भविष्यमा एकआपसमा सहयोग तथा सहकार्य गरी अगाडि बढ्न संघ सदैव तयार रहेको बताए । संघ र क्यासीबीच सम्बन्ध विस्तारसँगै दुवैसँग भएको सिप, ज्ञान एकआपसमा आदानप्रदान गर्नुका साथै संस्थागत विकास तथा प्रविधिको विकासका लागि थप मद्दत पुग्ने उनको भनाइ छ ।

क्यासीका अध्यक्ष म्याकमुलिनले कला र संस्कृतिको हिसाबले धनी जिल्ला भक्तपुरस्थित भक्तपुर उद्योग वाणिज्य संघलाई क्यासीको सदस्यको रुपमा पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । उनले संघले हासिल गरेको उपलब्धिको खुलेर प्रसंशा गरका छन्  ।

अध्यक्ष म्याकमुलिनले उद्योग, व्यवसायको विकासलगायतका विषयमा क्यासी र संघबीच सहयोग आदानप्रदान गर्न तत्पर रहेको बताए । उनले उद्योग, व्यापारको विस्तार, व्यवसायिक पैरवी र व्यवसायिक मध्यता स्थतामा क्यासी र संघ मिलेर अगाडि बढ्नेसमेत जानकारी दिएका थिए ।सो अवसरमा परामर्शदाता उत्तम झाले भक्तपुर उद्योग वाणिज्य संघको इतिहास, उद्देश्य, गतिविधिहरु बारेमा जानकारी गराएका थिए । साथै, उनले जिल्लाका विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थललगायतका विषयमा क्यासी टोलीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा क्यासीको तर्फबाट अध्यक्ष म्याकमुलिनसहित सात जना सहभागी भएका थिए भने संघको तर्फबाट अध्यक्ष मानन्धरसहित पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु गरी आठ जना सहभागी भएका थिए । यसैबीच, संघले क्यासी टोलीलाई भक्तपुरका विभिन्न सम्पदाहरुको अवलोकन गराएको हो ।

भक्तपुर नगरपालिकास्थित प्रसिद्ध पाँचतले मन्दिर, दरबार स्क्वायर, पचपन्ने झ्याल दरबारलगायतका क्षेत्रमा अवलोकन गराएको संघकी वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबञ्जाले बताएकी छिन् । अवलोकन पश्चात पाँचतले मन्दिर परिसरमा संघका अध्यक्ष मानन्धरले क्यासीका अध्यक्ष म्याकमुलिनलाई मयुर झ्याल प्रदान गरी बिदाई गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी