काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा ५० लाखको चेक हस्तान्तरण गरेको छ । सो कम्पनीले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गरेको हो ।
एनसेलले बिहिवार आफ्नो प्रतिवद्घता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्य मन्त्रि तथा मन्त्रिपरिषद कार्यलय सुर्खेत पुगेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रि कृष्ण बहादुर बिसीलाई एक कार्यक्रम माझ चेक हस्तान्तरण गरेका थिए ।
सो कम्पनीले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा रहेका ग्राहकहरुलाई ४०लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरुसमेत निःशुल्क उपलब्ध गराएको छ । वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीले भने, ‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिन भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको छ । पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले उक्त किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ ।’
भुकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ । सो कम्पनीका चिफ विशाल उपाध्यायले भने, ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं ।’
एनसेलले गरेको सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु.मुख्य सचिव चुडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्प पीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्य मन्त्रीको तर्फबाट सम्पूर्ण एनसेल परिवारलाई आभार व्यक्त गदर्छु ।’
उक्त कम्पनीले यस्तै सहयोगसँगै भुकम्प पीडितको सहयोगमा भन्डै १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । कम्पनीले भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
एनसेलले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथमा रहेको कम्पनीले जनाएकोे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्