×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन ढकालको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन ढकालको आग्रह

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गरेका छन् ।

नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा उनले जोड दिएका हुन् । बुधबार आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक रहेको बताए ।

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गरे । नेपालमा तीन सय ५० भन्दा बढी कोरियाली उद्यम रहेका जानकारी दिँदै उनले कोरियाका लागि नेपाल एक आकर्षक लगानी गन्तव्य भइसकेको पनि स्पष्ट पारे ।

नेपालमा अत्याधुनिक कोरियाली प्रविधि भित्र्याएर नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको उपयोगबाट लाभ लिन सकिने अध्यक्ष ढकालको सुझाव थियो ।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा कोरियालाई दक्षिण एसिया क्षेत्रकै व्यापारमा सहयोग पुग्ने र नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न कोरियासँगको साझेदारी महत्वपूर्ण हुने तर्क गरे।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिँदै औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने हुँदा त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन उनले आग्रह गरेका थिए ।

अध्यक्ष ढकालले कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरू रहेका भन्दै कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गरे ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी