काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । सोमबारबाट सुरु भएको एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७औँ सम्मेलनमा बोल्दै उनले नेपाली ऊर्जा, पर्यटन, वन, कृषि, आइसिटी, हर्बललगायत विभिन्न क्षेत्र सम्भावना बोकेको भन्दै त्यसमा लगानी गर्न आग्रह गरेका हुन् ।
सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्दै नेपालमा गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त परेका थिए ।
त्यस्तै, उनले नेपालले हाल भारत, चीन, बंगलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रुपमा पहुँच बढाएर व्यापार बजार विस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्