काठमाडौँ । कञ्चनपुरमा सहकारीको रकम चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित चाँदनी कृषी सहकारी संस्थबाट साढे पाँच लाख रुपैयाँ चोरी गर्ने दुई जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका–१२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटा रहेका छन् ।
उनीहरुले उक्त सहकारीबाट पाँच लाख ५१ हजार ७ सय १८ रुपैयाँ चोरी गरेका थिए । दुवैजनाको साथबाट २ लाख नगद ३ हजार ८ सय ८० रुपैयाँ र तीन थान मोबाइल बजार गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्