×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विदेश पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला गोर्खा पृथ्वीनारायण नगरपालीका वडा नं.०६ घर भई हाल जिल्ला काठमाण्डौँ तार्केश्वर नगरपालीका वडा नं.०१मा बस्ने ३५ वर्षिय राजेश श्रेष्ठ पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीको लागि एस्टोनिया पठाईदिन्छु भन्दै राजेशले जनक बरालसमेत ५ जनासँग प्रतिव्यक्ति ७ लाख रुपैयाँ मागेका थिए । श्रेष्ठले एस्टोनिया पुगेपछि सुपर मार्केटमा १ लाख ५० हजार रुपैयाँ मासिक तलव हुने स्टोर किपर काम लगाइदिन्छु भनी प्रलोभनमा पारेका थिए । उनले निज पीडितहरुबाट पटकपटक गरी ३४ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी सम्पर्क विहीन रहेका थिए ।

वैदेशिक रोजगार विभागबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा राजेशलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेका थिए । सो कार्यालयबाट खटेका प्रहरी टोलीले निज श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति २०८०-०७-२२ गते काठमाडौँ महानगरपालीका वडा नं.१० नयाँ बानेश्वरबाट पक्राउ गरेका हुन् ।

पक्राउ परेको व्यक्तिको थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी