काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ७४ करोडको धान खरिद गर्ने भएको छ । यो वर्षमा सरकारले ५ लाख क्विन्टल धान अर्थात एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको धान खरिद गर्न लागेको हो ।
सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिएका छन् । गतवर्ष ढिलो गरी धान खरिद गरेको सरकारले यसवर्ष गतवर्षको भन्दा छिटो र धेरै धान खरिद गर्न लागेको हो ।
हाल महेन्द्रनगर, धनगढी, राजापुरबाट धान खरिद भइरहेको कम्पनीले जनाएको छ । गत वर्ष ३ लाख क्विन्टल धान खरिदका लागि प्रक्रिया थाले पनि एक लाख ३४ हजमर क्विन्टल मात्रै धान खरिद गरेको थियो । सरकारले गत असारमा तोकेको न्यूनतम सर्मथन मूल्यमै धानको खरिद गरिरहेको कम्पनीले जनाएको छ ।
सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्