×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघबीच सम्झौता, नेपाली क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघबीच सम्झौता, नेपाली क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्य

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाईवरनेट) र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झौता भएको छ । टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाली टोलीलाई समर्थन गर्न सम्झौता गरेको जनाईएको छ ।

टि२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाईवरनेटको सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्नेछन् भन्ने कम्पनीले आशा गरेको छ ।

डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिवद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: