Skip to content
LAXMI SUNRISE BANK

डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार, ‘लक्की ड्र’ मार्फत विजयी  घोषणा गर्ने

अर्थ सरोकार

काठमाडौँ । डिशहोमले  ‘लक्की ड्र’ मार्फत मेगास्टार घोषणा गर्ने भएको छ ।  डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगा स्टार’ योजना अन्तर्गत मंसिर ११ गते  डिशहोमको मेगास्टार घोषणा गर्ने भएको हो ।

कम्पनीले डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार प्रदान गर्ने भएको छ । डिशहोमले  गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्ने जनाएको छ ।

डिशहोमको विजयी  मेगास्टारले  नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् । कम्पनीले यसअघि हरेक हप्ता सुपरस्टार योजना अन्तर्गत १ लाख जित्ने ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकेको छ ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे घोषणा हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK