×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ घोषणा, विजेताले सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ घोषणा, विजेताले सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सकिने

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ घोषणा गरेको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आनसिहंं बोहोराले नगद १ लाख रुपैयाँ जितेको हो ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । बोहोराले २०८० कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत बोहोराले नगद १ लाख रुपैयाँ जितेको छ ।

कम्पनीका अनुसार,  डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद १ लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी