Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंको आन्दोलनका लागि बल्खु क्षेत्र तोकियो

अर्थ सरोकार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईंको आन्दोलनका लागि बल्खु क्षेत्र तोकेको छ । मंसिर ७ गते हुने भनिएको दुर्गा प्रसाईंको आन्दोलनका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको हो ।

दुई समूहको प्रदर्शन जुध्दा आपसी विवाद, झैझगडा, मुठभेद तथा भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै प्रसाईं समूहको प्रदर्शनका लागि बल्खु क्षेत्र तोकेको सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार प्रसाईं समूहले मंसिर ७ गते बल्खु क्षेत्रबाहेकका ठाउँमा प्रदर्शन गर्न पाउने छैनन् । 

त्यस्तै, सोही दिन हुने एमालेको संगठन युवा संघको प्रदर्शनका लागि प्रशासनले तिनकुने क्षेत्र तोकिदिएको थियो ।

यसो त मंसिर ७ गते दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र युवा संघले माइतीघर मण्डलामा छुट्टाछुट्टै प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, प्रशासनले बानेश्वरदेखि माइतीघरसम्म एक महिनाका लागि प्रदर्शन गर्न रोक लगाएपछि दुवैको प्रदर्शन अलग–अलग क्षेत्रमा हुने भएको छ । 

युवा संघले सो दिनको प्रदर्शनलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ भने दुर्गा प्रसाईंले भने मंसिर ७ गतेको आन्दोलन नागरिक मुक्तिको लागि भएको बताएका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK