काठमाडौँ । एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रशारण रोकेको छ । ‘ब्राभो डेल्टा शो’ नामक टेलिभिजन कार्यक्रममा प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा आएर रोकिएको हो ।
टेलिभिजनले दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता रोकेको स्वयम् उक्त ‘शो’ का प्रस्तोता भुषण दाहालले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालले एपिवान टेलिभिजनले कार्यक्रम प्रसारणमा रोक लगाएको बताएका छन् । ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’, दाहालले लेखेका छन् ।
सँगै उनले टेलिभिजले प्रसारणमा रोक लगाएको उक्त कार्यक्रम साझा कथा नामक युट्युब च्यानलबाट साँझ ८ बजे प्रसारण गर्ने जानकारीसमेत दिएका छन् ।
प्रसाईंसँगको उक्त अन्तर्वार्ता किन रोकियो ? भन्ने कुरा भने खुलाइएको छैन । यद्यपि उक्त अन्तरवार्तामा प्रसाईंले हालको व्यवस्था र सरकारको विरोधमा अभिव्यक्ति दिएको हुनाले अन्तरवार्ता रोकिएको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्