काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं समूहले आइतबार उपत्यकामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबार सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । भक्तपुरमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्दै अभियानले काठमाडौँको कलंकी चोक, बिजी मल (बालाजु) र रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।
एक सूचना जारी गर्दै प्रसाईं नेतृत्वको महाअभियानले भक्तपुरको दरबार क्षेत्रभित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
‘केन्द्रीय समितिको बैठकको निर्णय अनुसार २०८० मंसिर १० गतेका दिन भक्तपुरको दरबार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रमलाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, प्रसाईं नेतृत्वको महाअभियानले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबार हुने भनिएको सांस्कृतिक कार्यक्रमचाहिँ उपत्यकाका तीनवटै ठाउँमा एकैपटक गरिनेछ । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने प्रसाईं नेतृत्वको महाअभियानले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्