Skip to content
LAXMI SUNRISE BANK

जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अर्थ सरोकार

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको भूकम्प गएको हो ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि निरन्तर जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्पन महसुस गरिएको थियो ।

तर, मंगलबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । योसँगै थप ठूलो भूकम्प जानसक्ने भन्दै भूकम्पविद्हरुले सतर्क रहन अपिल गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK