काठमाडौं । विद्युत महशुल नतिरेका कारण कटहरियामा रहेका दुईवटा कार्यालयको लाइन काटिएको छ । लामो समयदेखि विद्युत महशुल नबुझाएपछि कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको हो ।
नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण मौलापुरले जनाएको छ ।कार्यालयका प्रमुख दिनेश यादवका अनुसार पटक पटक महशुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता बक्यौता रकम नतिरेका ग्राहकहरुको विद्युत लाइन काटिएको हो ।
विद्युत आपूर्ति नहुँदा नगर कार्यालयको सम्पूर्ण काम ठप्प भएको कटहरिया नगरपालिका वडा नं.५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए । तीन दिनदेखि विद्युत आपूर्ति नहुँदा काम विशेषले पुगेका सेवाग्राहीहरु फर्किन वाध्य भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले विद्युत प्राधिकरण मौलापुरको नाममा तीनलाखको चेक काटिसकेकाले अव विद्युत आपूर्ति हुने जानकारी दिएका छन् ।
त्यस्तै, खानेपानीको विद्युत आपूर्ति नहुँदा अहिले कटहरिया नगरपालिका ४ र ५ वडाका १६ सय सेवाग्राही खानेपानीबाट वञ्चित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्