×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु, एक भाग्यशाली विजेताले स्मार्ट फोन जित्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु, एक भाग्यशाली विजेताले स्मार्ट फोन जित्न सक्ने

Artha Sarokar

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ईसेवामार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु भएको छ । बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुचारु भएको हो ।

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले मनिग्राममार्फत ईसेवाबाट सुरक्षित र विश्वासिलो तरिकाले नेपालमा पैसा पठाउन सक्ने  कम्पनीले जानकारी दिएको छ । साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवाका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् ।

यस्तै, ग्राहकहरूले पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफर अन्तर्गत आगामी दश दिनसम्म मनिग्राममार्फत नगद पठाउदा अतिरिक्त सय रुपैयाँ बोनस पाउनुका साथै टिसर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त गर्नेछन् । साथै,  नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ । यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन हामी प्रतिबद्ध छौँ ।’

मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । कम्पनीको सेवा विश्वभरी सञ्चालनमा रहेका हुँदा आफ्ना मूल्यवान ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।

ईसेवाले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी