काठमाडौँ । ईसेवा र ट्याङगो पेबीच साझेदारी भएको छ । ईसेवाले यिउकेस्थित ट्याङगो पेमार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेतालाई आइफोन १५ दिने साझेदारी गरेको हो ।
कम्पनीको उक्त योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुने साझेदारी गरेको छ । सो योजना अन्तर्गत ईसेवामार्फत ईसेवाको वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सो योजना अन्तर्गत ग्राहकहरुले ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सक्नेछन् । ईसेवाले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको सुनिश्चितसमेत रहेको जानकारी दिएको छ ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौँ । ट्याङगो पेको साझेदारीमा आइफोन योजना सुचारू भए संगै अब यिउकेबस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आइफोन जित्न सक्नुहुनेछ ।’
ईसेवाले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आइरहेको छ ।
सो कम्पनीले सेवा ग्राहीहरुलाई आफ्ना १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्टमार्फत विप्रेषण भुक्तानी सेवा प्रदानसमेत गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्