Skip to content
LAXMI SUNRISE BANK

नक्कली श्रम स्वीकृती बनाउने दुई जना व्यक्तिहरु पक्राउ

अर्थ सरोकार

काठमाडौं ।  नक्कली श्रम स्वीकृती बनाउने दुई जना व्यक्तिहरु पक्राउ परेका छन् ।

भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरु शंकास्पद रहेको भन्दै कार्तिक १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पठाएको कागजात मध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली देखिएको थियो ।

सोहि नक्कली कागजात बनाउने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोर्खा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सोल्टीमोडस्थित वैदेशिक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो । उक्त वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सको कोठामा खानतलासी गर्दा विपिन ढकालको १ थान मोबाईल फोन, अजित फेवालीको १ थान मोबाइल फोन र १ थान सिपियु  बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK