Skip to content
LAXMI SUNRISE BANK

सजिलो ब्रोकर लिमिटेडको प्रथम साधरण सभा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । सजिलो ब्रोकर लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । सो कम्पनीको साधारण सभा कार्तिक २५ गते शनिवार सिद्धार्थ कटेज धोविघाट ललितपुरमा सम्पन्न भएको हो ।

उक्त, साधारण सभाले सेयरधनी गोबिन्द शर्मा गैह्रेको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । साथै, सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा विपिन गैरे, दिपक ज्ञवाली, सुमन कुमार बोहोरा, सानुमैया महर्जन रहेका थिए ।सजिलो ब्रोकर लिमिटेडको सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल गरि प्रस्ताव पारित गरेको हो । साथै, संस्थाको पुजि वृद्धिको लागि आवस्यक प्रबन्ध पत्र नियमावली संसोधन गर्न संचालक समितिलाई सम्पुर्ण अधिकार दिएको छ ।

अध्यक्ष गोबिन्द शर्मा गैह्रेले साधारण सभा सम्पन्न गर्न योगदान दिएका सम्पुर्ण सेयरधनी सदस्यहरु, संचालकहरु, कर्मचारीहरु र शुभेच्छुक अतिथिहरुलाई आभार व्यक्त गरेका थिए । ब्रोकर कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा सजिलो ब्रोकरलाई स्टक ब्रोकर नम्बर ९० को रुपमा सदस्यता दिएको हो । कम्पनिले तिहार लगत्तै आफ्नो बिधिवत्त् रूपमा कारोबार सुभारम्भ गर्ने जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK