काठमाडौँ । एफएनसीसीआईको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिसको शुुभारम्भ भएको छ । हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिसको शुुभारम्भ भएको हो ।
राष्ट्रिय सभामा दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक नुमान ओजकानले संयुक्त रुपमा महासंघ सचिवालयमा बिहिबार उक्त सर्भिसको शुुभारम्भ गरेका हुन् ।
ग्रीनग्रोथ एडभाइजरी सर्भिस अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो । महासंघले सर्भिसमार्फत आर्थिक वृद्धिलाई बढावा दिँदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्ने जनाएको छ ।
त्यस्तै, एडभाइजरीमार्फत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरुमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुँदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियानहरूको आयोजना गर्नेछन् । हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ ।
यस्तै, हरित बृद्धिको महत्व, केन्द्रीय प्रदेश र स्थानीय स्तरमा वकालत र प्रगति मापन गर्न मेट्रिक्स तथा सूचकहरू स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन गर्ने जानकारी दिएको छ । हरित वृद्धिसंग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न एवं सरोकारवाला निकायहरुसंगको सहकार्यमा पनि एडभाइजरीले काम गर्नेछ ।
यसको प्रभावकारी संचालनका लागि महासंघ, नेपाल सरकार, विश्व विद्यालय, ट्रेड यूनियन, आइएलओ र यस क्षेत्रका विज्ञहरु रहेको एक एडभाइजरी सर्भिस गठन गरेको हो । एडभाइजरी शुुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गरे । प्रारम्भमा यस्ता कार्यको थालनी गर्नुनै निकै स्वागतयोग्य भएको भन्दै महासंघको उक्त प्रयासलाई अगाडी बढाउन सरकारको पनि सहयोग आवश्यक रहेको बताएका छन् ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू पनि सृजना हुने दावी गरे । महासंघले यसलाई अभियानको रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए । साथै, निजी क्षेत्रलाई यसतर्फ अभिप्रेरित गर्न आइएलओको सहयोगको प्रशंसासमेत गरेका थिए ।
आइएलओका देशिय निर्देशक नुमानले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे । नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न र देशभर प्रवद्र्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने बताएका छन् । उनले महासघसंग सहकार्य गर्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् ।
सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोग सराहनीय रहेको बताएका थिए ।
त्यस्तै, महासंघका वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले वस्तुुगत संघहरूको कार्य सञ्चालन विधि , कार्यस्थलमा आधारित सीप सिकाई निर्देशिका , हरित बृिद्ध प्रतिवेदन तयार गर्न आइएलओले गरेको सहयोगको प्रशंसा गरे । साथै, उनले महासंघका सदस्य वस्तुुगत संघहरूको क्षमता अभिवृद्धि गर्न यस्ता दस्तावेजहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
ढकालले एडभाइजरीबाट निजी क्षेत्रलाई लाभान्वित गराउने अभियानमा महासंघले नेतृत्व लिने प्रतिवद्धता जनाएका थिए । सो कार्यक्रममा महासंघका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, आइएलओका अधिकारीहरु, प्राज्ञिकहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्