काठमाडौं । घलेम्दी हाइड्रोपावरले हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले मङ्सिर १० गते आइतबारदेखि २०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १:२ अनुपातमा १ अर्व १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर जारी गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले कार्तिक ३ गते बुक क्लोज गरिसकेको छ । अर्थात् कार्तिक २ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सो सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।