Skip to content
LAXMI SUNRISE BANK

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य सात सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज सात सय रुपैयाँले बढेर १ लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK