Skip to content
LAXMI SUNRISE BANK

आइतबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ८ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज‘ मा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK