Skip to content
LAXMI SUNRISE BANK

सोमबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पाँच सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९८ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ४ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK