×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार तिन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार तिन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला तिन सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज तिन सय रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९७ हजार ८ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी