×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावला सुनको मूल्य ९७ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९७ हजार १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी