×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

Artha Sarokar

२४ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९७ हजार ८ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी