×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९७ हजार ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ५ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी